१ सय ४९ किलो गाँजा सहित १४ जना पक्राउ

धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टबाट अवैध लागूऔषध गाँजा १ सय ४९
किलोसहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै बिआर
१० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने
३१ वर्षीय मनोरन्जन मुइमार समेत ४ जना र एमपि १७ टिए ०५१२ नम्बरको बोलेरोबाट
९९ किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३९ वर्षीय गोपी मण्डलसमेत ५
जनालाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषधको कारोबारमा संलग्न बिआर १० एजे ४४८६
नम्बरको कारमा सवार भारत बिहार कुर्निया बस्ने २३ वर्षीय सन्तोष साहसमेत ५ जनालाई
प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Exit mobile version