भारतमा किसान आन्दोलन दिल्लीतर्फ बढ्दै, यस्ता छन् माग

एजेन्सी । भारतमा किसान आन्दोलनलाई ध्यानमा राखी धारा १४४ लागू गरिएको छ । आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो ।

दिल्ली प्रहरीको तर्फबाट जारी सूचना अनुसार आज संयुक्त किसान मोर्चा (अराजनैतिक), किसान मजदूर मोर्चा र अन्य केही किसान सङ्गठनहरूले ‘दिल्ली जाऔँ’ घोषणा गरेको र आफ्ना माग सम्बोधनका लागि संसद भवन बाहिर प्रदर्शन गर्ने तयारीमा रहेकाले एक महिनका लागि धारा १४४ लागू गरिएको छ । प्रहरीले किसानको आन्दोलनका कारण तनाव, सामाजिक सद्भाव बिग्रने र हिंसा फैलने सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउँदै यो निर्णय गरिएको पनि बताएको छ ।

किसानहरूको भिडलाई देखेर दिल्ली हरियाण सीमा र दिल्ली पञ्जाब सीमामा प्रहरीले बार लगाइदिएको छ। २ हजार ५ सय ट्र्याक्टरका साथ किसानहरू दिल्लीतर्फ अघि बढ्ने तयारीमा छन् । यसअघि सोमबार भएको किसानसँगको ५ घन्टा लामो वार्ता निस्कर्षबिहीन बनेको छ ।

यस्ता छन् किसानका मागः

सबै अन्नबालीको खरिदमा एमएसपीको सुनिश्चितताको नियम बनाउनुपर्ने

यसअघि दिल्ली आन्दोलनको क्रममा भएका सहमति अनुसारका माग पूरा होस्

किसान र मजदुरका सबै ऋण मिनाहा होस्

लखिमपुर खिरी हत्या मामिलामा न्याय होस्

Exit mobile version