अन्योलमै कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसले अन्योलकै बीचमा पार्टी महासमिति बैठकको तयारी थालेको छ । पार्टी विधानअनुसार महाधिवेशन हुनेबाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने हुन्छ । तर १४औं महाधिवेशनपछि अहिलेसम्म एकपटक पनि महासमिति बैठक भएको छैन । यसअघि तीनपटक स्थगित महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने निर्णय कांग्रेसले गरेको छ ।

महासमिति सुरु हुन एक साता मात्र बाँकी रहँदा कांग्रेसले बल्ल त्यसका लागि विभिन्न समिति गठन गरेको छ । महासमितिमा पेस गर्ने राजनीतिकसहितका प्रतिवेदनमा निर्णय लिन भन्दै कांग्रेसले फागुन २ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । तर महासमिति बैठकमा छलफल हुने वर्तमान सरकार, सत्ता गठबन्धनका विषयमा कांग्रेसभित्र एकमत छैन ।

Exit mobile version