धर्म/संस्कृति

परम्परागत रूपमा अनेकांै पर्वहरू मनाउँदै आएका छौं, जसमध्ये बसन्त पञ्चमीको विशेष महात्म्य रहेको पाइन्छ । ऋतुहरूका राजा बसन्तलाई सर्वत्र हर्षोलासपूर्ण वातावरणमा स्वागत गर्दै विविध कार्यहरूको थालनीको शुभ मुहर्तको दिनको रूपमा पनि मानिदै आएको पाइन्छ । खासगरी बाल–बच्चाहरूलाई अक्षर सिकाउन आरम्भ गर्दा यसै दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी गरिन्छ । यस दिनलाई सरस्वती पूजा तथा सरस्वती जयन्तीको रूपमा अझै बढी प्रसिद्धि प्राप्त भएको छ । ऋतुहरूमा सर्वश्रेष्ठ वशन्त ऋतु मानिन्छ भने वसन्त पञ्चमीलाई नागपञ्चमी, ऋषि पञ्चमी, विवाह पञ्चमी भन्दा सर्वोत्तम मानिन्छ साथै श्री अर्थात् लक्ष्मीलाई पनि सरस्वतीको स्वरूप मानिएकोले नैं यस पञ्चमीलाई श्री पञ्चमीको रूपमा मनाइएको पनि पाईन्छ ।


शिशिर ऋतुले ल्याएको पतझडमा नव पालुवा पल्लवित गराउने, नव उमंग–उत्साह प्रदान गर्ने विशेषता बोकेको वसन्त ऋतु शुभारम्भको यस पञ्चमीलाई ‘वसन्तोत्सव’ तथा ‘माघ शुक्ल पञ्चमीे’ को रूपमा मनाइन्थ्यो । जसलाई हरेक बर्ष आज पनि हामीले ‘माघिया पञ्चमी’ को रूपमा मनाउँदै आईरहेका छौ । यस वसन्तोत्सवलाई किसानहरूले आफ्नो हिउँदे बालीरूपी लक्ष्मी भित्राएकोमा खुशीयाली मनाउने हँुदा पनि यसको महात्म्य अझै बढेको छ । यस दिनमा पुस्तक, कलम, मसी, श्री (लक्ष्मी), विष्णु, श्रीकृष्ण, कामदेव, हलोको पनि पूजा गर्ने गरेको पाईन्छ । विशेषतः विद्यार्थी , शिक्षार्थी एवं् संगीतप्रेमी जनले विद्याकी देवी सरस्वतीको भक्तिपूर्वक पूजा अर्चना गरी यस दिनलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । संगीत प्रेमीहरूले बसन्त रागमा संगीत गुञ्जाउने गर्दछन् भने शिक्षार्थीहरूले विद्याको वरदान प्राप्त गर्ने मनोकाँक्षा राख्दछन् । यसर्थ वसन्त पञ्चमी र जगदम्बा सरस्वती बीच पारस्परिक निकटम सम्बन्ध रहेको पाइनर््छ ।


धर्म शास्त्रानुसार देवी शक्तिहरूको विशेष वर्णन, गायन, महिमाहरू जसमध्ये १०८ देवी शक्तिको नाम प्रसिद्व छन् । वस्तुतः ती नामहरू पूर्णतया लाक्षणिक अथवा गुणवाचक छन् । ती नामहरू, महिमाहरूद्धारा देवी शक्तिको पवित्र जीवन र उच्च धारणा, मर्यादाहरू, मानव मात्र प्रतिको सम्बन्ध, कर्तव्य आदी बारे स्पष्ट दर्शन प्राप्त हुन्छ । यसको अतिरिक्त देवीहरूलाई कन्या कुमारी (व्रह्मचर्य ब्रत पालन गर्ने), आदिदेवी, भवानी (शिवपुत्री), भव–प्रिया (शिवका प्रिय), शिवमयी शक्तिहरूको रूपमा देखाइन्छ । 

यसर्थ परमपिता परमात्मा शिव र शक्ति स्वरूपा देवीहरूमा पनि घनिष्ठता रहेको छ अर्थात् शिवद्धारा प्राप्त गुण, ज्ञान, शक्ति र आध्यात्मिक सम्पत्तिद्धारा सम्पन्न शिवमयी शक्तिहरू जो गायत्री, शारदा, सरस्वती दुर्गा, लक्ष्मी आदिको रूपमा पूजन गर्ने गरिन्छ । उनै देवी शक्तिहरूद्धारा नैं नकारात्मकता माथि सकारात्मकता ल्याउन तथा असत्यता माथि सत्यताको विजयको शंंखघोष गर्न गुण, ज्ञान , शक्ति र आध्यात्मिक सम्पत्तिको प्रेरणा प्राप्त भइरहेको छ ।


सरस्वतीलाई जगदम्बा (जगत माता) को रूपमा पुकार गर्दछौ , वेदाग सेतो पोशाक लगाएकी, लिएर जीवनको वीणा (संगीत) हातमा लिएर, पुस्तक (विद्या) र माला(एकाग्रताकी धनी) आदि अलङ्कारले सु–सज्जित सरस्वतीको कमल आसन र हंस वाहनको पनि आध्यात्मिक महत्व छ , परमपिता परमात्मा शिवद्धारा प्राप्त ज्ञानको सम्पन्नताले जगतको अनेकौं अज्ञानी आत्माहरूलाई नवजीवन प्रदान गर्ने विद्याकी देवी जसको जीवनमा कुनै दुर्गुण र दाग छैन, स्वच्छता , पवित्रता छ । 

सांसारिक जीवन बीच पनि कमलपुुष्पसम हिलोदेखि जीवन अलिप्त कमल आसनधारी अनि सत्य–असत्यलाई छुट्टाउन सक्ने (निर्णय शक्ति, परख शक्ति स्वरूपा) हंसवाहनधारी जगदम्बा सरस्वतीको शुभ प्रेरणाले सम्पूर्णताको सफलताका लागि दत्तचित्त हामी सबैलाई सिंंचित गरी राखोस् अनि हामी सबैले पनि आत्मविश्लेषण गर्दै जगदम्बा सरस्वतीबाट प्राप्त लाक्षणिक आध्यात्मिक प्रेरणाहरूले जीवनलाई श्रृँगारित गरांैं जसले हाम्रो जीवनमा वसन्त ल्याइदियोस् । यहि नंै श्रीपञ्चमी पर्वको सार्थकता हो, शुभकामना हो । ॐ शान्ति ।

Exit mobile version