मन्त्रीले भनिन्, ‘सिकलसेललाई वीमामा समावेश गर’


सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले स्वास्थ्य बीमा वोर्डलाई ज्ञापनपत्र बुझाएकी छन् ।
वोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई लिखित अनुरोध बुझाउँदै मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेशका लागि ध्यानाकर्षण गराइन् ।
सिकलसेल र थालेसिमिया रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बीमामा समेटे पनि बीमा गरेका यस रोगका बिरामीले निःशुल्क औषधी प्राप्त गर्न सकेका छैनन् । ‘सिकलसेल र थालेसिमिया रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीन रुपमा औषधी खानुपर्ने र औषधीसमेत अत्यन्तै महङ्गो हुने हुँदा स्वास्थ्य बीमा वोर्डलाई निःशुल्क औषधीको सुबिधामा समेट्न अनुरोध गर्नुपरेको हो,’ मन्त्री केसीले दैनिक नेपालगन्जसँग भनिन् ।

Exit mobile version