राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्वपूणर् निणर्य गरेको जनाएको छ । सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न निणर्यहरु गरेको हो ।
सिक्टा सिंचाई सहितका राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसहित मन्त्रालयमा बुधवार बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरुको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरुको पब्लिक अडिट गर्ने सहितका निणर्य गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सिंचाइका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरु छन् । जसमा महाकाली सिंचाइ आयोजना, रानी जमरा कुलरिया सिंचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, बबई सिंचाई आयोजना, सिक्टा सिचाई आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना रहेका छन् ।
आयोजनाहरुको अवस्थालाई दैनिक अनुगमन गरी त्यसमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने निणर्य पनि मन्त्रालयले गरेको छ । आयोजनाहरुमा देखिएका स्रोत व्यवस्थापनका समस्याहरुलाई पनि समाधान गर्ने गरी मन्त्रालयले निणर्य गरेको छ ।
बैठकमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कदम चाल्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिएका थिए । राष्ट्रिय गौरवका रुपमा सूचिकृत भएका आयोजनालाई अरु सामान्य आयोजनाका रुपमा लिन नहुने मन्त्री बस्नेतले बनाउनुभयो । मन्त्री बस्नेतले आयोजनाहरु अब तीब्र गतिमा अगाडि बढ्ने बताए ।
मन्त्रालयले सबै आयोजनाको पब्लिक अडिट गर्ने गरी प्रक्रिया अगाडि बढाउने निणर्य गरेको छ । संघ, प्रदेस र स्थानीय सरकार, उपभोक्ता, आयोजना क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरु, निर्माण व्यवसायी, मिडिया, विज्ञहरु र आयोजनाका अधिकारीहरुसहितको सहभागितामा पब्लिक अडिट गर्ने निणर्य भएको मन्त्रालयले जनाएको छ ।