शिखर प्लाइले मनायो उद्योग स्थापनाको रजत वर्ष

प्लाई उत्पादनमा नेपालकै अग्रणी मध्येको उद्योग शिखर प्लाईले आफ्नो स्थापनाको रजत वर्ष मनाउँदै ‘दक्षिण एसियाकै ठुलो प्लाई उद्योगका रुपमा स्थापना गर्ने सपनाको विजारोपण’ गरेको छ ।

बुधवार शिखर ग्रुप अन्तर्गतका झण्डै पाँचसय कर्मचारी, उनका परिवार लगायतको भव्य जमघटमा सञ्चालकहरुले सामान्य प्लाइउडको टे«डिङ्गबाट शुरु भएको २५ वर्षदेखिको शिखरयात्रा सुनाउँदै ‘दक्षिण एसियाकै ठुलो प्लाई उद्योगका रुपमा स्थापना गर्ने सपनाको विजारोपण’ गरेका हुन् ।

शिखर ग्रुपका नेतृत्वकर्ता चम्पालाल बोथरा र प्रदीप दुगडले आफ्ना उत्तराधिकारी दिव्य बोथरा अनि वंश दुगडलाई भावी पुस्ताका नेतृत्व हस्तान्तरणको उद्घोषसँगै भने, ‘स्वर्ण जयन्ती मनाइरहँदा हामी चाहन्छौं यो उद्योग साउथ एसियाकै ठुलो प्लाई उद्योगका रुपमा नेतृत्व गर्नेछ ।’

भारतबाट प्लाईउड आयातको टे«डिङ्ग कम्पनीबाट शिखरयात्रा तय गरेका चम्पालाल–प्रदीपको सहकार्य र साझेदारी शिखर ग्रुप तयार हुँदासम्म निकै गतिशील देखिन्छ । ‘त्यो बेला धेरै पैसा भारतमा जाने तर यहाँका कमसल खालका रुखहरु कु काठहरु सडेर गैरहेको देखेपछि हामीले निर्णय गर्यौं, ‘आफै नेपालमा प्लाइउड उत्पादन गर्न सकिन्छ ।’ भारतमा पनि काठको अभाव र आफु कहाँ नेपालमा काठ, कुकाठ सडेर गैरहेको अवस्थाले विजारोपण गरेको प्लाइउड उद्योग स्थापनाको सपना सम्झँदै उनीहरु भन्छन्, ‘यहीको काठलाई प्रयोग गरेर उपभोक्तालाई सस्तोमा प्लाइउड दिने हिसाबले हामीले उद्योगको स्थापना गरेको हो, हामी सफल छौं ।’

चम्पालालले औद्योगिक क्षेत्रमा १३ बर्षदेखि बन्द मोडर्न डोर्स उड प्रोडक्टलाई किनेर उद्योगमा प्रवेश गरेका दिन सम्झँदै भन्छन्, ‘त्यहाँबाट शुरु भएको हाम्रो उद्योग अहिले प्लाईउडमात्रै हौइन तयारी ढोका हुँदै, विदेशबाट आउने प्लाईउडलाई आयात प्रतिस्थापनमात्रै होइन निर्यातमा राम्रो उपलब्धी हासिल गरिरहेका छौं ।’

कर्मचारीहरुबीच बुधवार भावुक देखिएका शिखर गु्रपका प्रमुख चम्पालाल बोथराले उद्योगले कर्मचारी, मजदुर सुरक्षालाई प्राथमिकतामा राखेर उत्पादनलाई गुणस्तरिय बनाइरहेको बताए । ‘जोखिमरहीत ढंगले उत्पादन गर्न हामी प्रतिबद्ध छौं,’ २५ वर्षे शिखर यात्रामा सहयात्री मजदुर, कर्मचारीलाई उच्च सम्मान गर्दै उनले भने, ‘तपाईहरुसँगै हामी ५० वर्र्षे स्वर्ण उत्सव मनाउनेछौं ।’

रुख खेतीका अभियन्ता चम्पाललले आफुले लगाएका तिनै बिरुवा उत्पादन भएका कारणले शिखरले प्लाईउड निर्यात गर्न सफल भएको बताए । ‘राम्रोसँग रुखखेती गर्यो भने किसानको आम्दानी पनि बढ्छ, निर्यातमा पनि सहयोग पुग्छ,’ उनले यो अवधारणाले व्यापार घाटा क मगर्न देशकै गेम चेन्जर मिसन हुन सक्ने औल्याउँदै दैनिक नेपालगन्जसँग भने, ‘धान र रुखखेती गर्दा किसानको पनि दुई, तीन गुणा आम्दानी बढ्छ ।’

‘हामीले आफुले पनि अढाई तीन लाख बिरुवा उत्पादन गरेका छौं,’ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत मुलुकभर रुख रोप्ने अभियान चलाइरहेका चम्पालालले भने, ‘किसानहरुले हाम्रै विरुवालाई हेरेर उत्प्रेरित भएर तीन करोडसम्म विरुवा उत्पादन गरिसकेका छन् ।’

मुलुकभर ६० भन्दा बढी जिल्लामा आफ्नो उत्पादन पुगेको जानकारी दिंदै शिखर ग्रुपका प्रमुख चम्पालालले पार्वतीपुरमा गणपति डोर्स एण्ड प्लाइउड इन्डष्ट्रिज र नेपालगन्जमा शिखर प्लाई उद्योगमा बुधवार विभिन्न कार्यक्रम गरि रजत वर्ष उत्सवलाई सम्बोधन गरेका हुन् । कार्यक्रममा अर्का सञ्चालक प्रदीप दुगडले उद्योगमा मजदुरको योगदानलाई कहिल्यै अवमूल्यन नहुने बताए ।

Exit mobile version