मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरन्जीवी दाहालले जानकारी दिए ।

कुमर स १० प ३९०९ को मोटरसाइकल चलाउँदै डकाहाबाट दुधौली तर्फ जाँदै थिए । उनलाई दुधौली नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतले चलाइरहेको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए ।

Exit mobile version