न्यायिक समितिका सहजकर्तालाई तालिम

बर्दियाको राजापुरमा न्यायिक समितिका सहजकर्ता मेलमिलापकर्ताहरूका लागि ३ दिने मनोसामाजिक सहयोग तालिम दिइएको छ । ३२ जना न्यायिक समितिका सहजकर्ता एवं मेलमिलापकर्तालाई तालिम दिइएको सीएमसी नेपालका प्रदेश संयोजक हिमाल गैरेले जानकारी दिए ।


तालिम समापनमा न्यायिक समिति संयोजक राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले भनिन्, ‘मनोसामाजिक सहयोग तालिम अवश्य पनि पूर्ण होइन तर यस्ले हामीलाई न्यायमा अवश्य सहयोग मिल्छ ।’ उनले मनोसामाजिक समस्या भएका सेवाग्राहीहरूको मनको भावना बुझ्न तालिमले सहयोग पुग्ने उनको विश्वास थियो ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महेन्द्र जंग शाहीले प्रत्येक वडामा न्यायिक समितिको कामकारवाहीका लागि भौतिक पूर्वाधार खरिदको तयारीमा रहेको बताए ।


प्रशिक्षक तथा सीएमसी नेपालका मानसिक स्वास्थ्य संयोजक विष्णु प्रसाद प्रजापतिले तीन दिने तालिममा धेरै कुरा समेट्न नसकिएपनि सहयोग भने पुग्ने विश्वास व्यक्त गरे ।

Exit mobile version