बालकुमारी घटनाः ‘मन्त्री ज्वाला दोषी’

;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L kf6g, !# k'; M nlntk'/sf] afns'df/Ldf ef}lts k"jf{wf/ tyf oftfoftdGqL k|sfz Hjfnfsf] ;jf/L;fwgdf cfuhgLkl5 l/Ë/f]8sf] ;ftbf]af6f]df ;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L . tl:a/ M dfwjk|;fb l3ld/]÷/f;;

ललितपुरको बालकुमारी घटनामा जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्ष निकालेको छ ।

आयोगले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको उल्लेख छ । आयोगले प्रदर्शन र हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरि विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको जनाएको छ । मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।

यस्तै, बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले जनाएको छ । पीएसओ दनुवारले सुरक्षा नजरअन्दाज गरेर गलत ठाउँमा मन्त्रीलाई पुर्याएको र डीएसपी लम्सालले सुरक्षा मिलाउन नसकेर बल प्रयोग गरेको आयोगको निष्कर्ष छ । गएको पुस १३ गते दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

Exit mobile version