भारतले प्याज प्रतिबन्ध लगाउँदा तस्करी बढ्यो

गत मंसिर अन्तिम साता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली बजारमा देखिन थालेको छ । भारतले आगामी मार्च २०२४सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । जस को प्रभाव स्वरूप नेपालमा प्याजको मूल्यामा ह्वात्तै वृद्धि हुने मात्रै होइन भारतबाट तस्करी भएर प्याज भित्रिन थालेको छ । सीमावर्ती मात्रै नभई देशका विभिन्न ठाउँमा अवैध रूपमा भित्रिएको प्याज फेला पर्न थालेका छन् ।


नेपाल प्याजमा परनिर्भर छैन । नेपालमा रहेको प्याजको मागको आपूर्ति भारतबाट आयातित प्याजबाट हुने गरेकोमा प्रतिबन्ध पछि मूल्यवृद्धि तथा तस्करी मौलाएको हो । आधिकारिक च्यानलबाट प्याज भित्र्याउन सम्भव नहुँदा खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा प्याज भित्रिन थालेको हो ।


आलु र प्याजमा सरकारले भ्याट लगाएको भन्दै व्यवसायीले कारोबार रोकेको अवस्थामा नै भारतले प्याजमा प्रतिबन्ध लगाएको हो । यद्यपि, सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारिसकेको छ । त्यसले आलुमा आपूर्ति सहज भएपनि प्याज आपूर्तिमा भने समस्या छ । आलुको मागको ठूलो हिस्सा नेपालमै उत्पादन हुने गरेपनि प्याजमा भने माग धान्न विदेशबाट भित्र्याउनु पर्ने अवस्था छ ।


सीमावर्ती जिल्लामा भारतबाट सहजै प्याज भित्रिने भएकाले प्याजको मूल्यामा ठूलो फरक नपरेपछि अन्य जिल्लामा प्याजको मूल्य ह्वात्तै वृद्धि हुन थालेको व्यवसायीहरूले बताएका छन् । बाँकेमा भने प्याजको मूल्य १ रूपैयाँ प्रतिकेजी आसपास रहेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले वेवारिसे अवस्थामा पाँच क्वीन्टल बढी प्याज बरामद गरेको जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालयले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित आदर्शनगरमा बेवारिसे अवस्थामा प्याज फेला पारेको दाबी गरेको छ ।
प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली गरी भित्र्याइएको प्याज बेवारिसे अवस्थामा बरामद गरेको बताएका छन् । प्रहरीका अनुसार, ५ सय ५० किलो प्याज बरामद गरी भन्सार दाखिला गरेको बताएको छ । उक्त प्याजको मूल्य १ लाख बढी अनुमान गरिएको छ ।

Exit mobile version