नेदरल्याण्डसविरुद्ध नेपाल ९ विकटले विजयी

आसिफ र अनिलकाे अर्धशतक सहित नेदरल्याण्डसविरुद्ध नेपालले शानदार जित निकालेको छ। शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।
नेदरल्याण्डसले दिएको १३७ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान दिए ।

Exit mobile version