चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जन गर्न कांग्रेस संस्थापनको दबाब

कांग्रेस महामन्त्री गगनकुमार थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जन गर्न संस्थापन पक्षले दबाब दिएको छ । महामन्त्री थापाले महासमितिमा प्रस्तुत गर्ने सांगठनिक दस्ताबेजमा पार्टीले अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । उक्त प्रस्तावले महासमिति बैठकमा ध्रुवीकरण बढाउने भन्दै संस्थापनले त्यसलाई रोक्न कसरत थालेको हो ।

महामन्त्री थापाको प्रस्तावले कांग्रेस वर्तमान गठबन्धनको विरोधमा रहेको सन्देश जान सक्ने भन्दै सभापति शेरबहादुर देउवाले प्रस्ताव परिमार्जन गर्न दबाब दिएको एक नेताले बताए । यसका लागि शनिबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा पदाधिकारीबीच छलफल भएको थियो । थापाले त्यहाँ फागुन ३ र ४ को केन्द्रीय कार्यसमितिमा प्रस्तुत सदस्यहरूको सुझाव समेटेर प्रस्ताव परिमार्जन गर्न तयार रहे पनि चुनावी गठबन्धनसम्बन्धी विषयलाई हटाउन नचाहेको एक नेताले बताए ।

Exit mobile version