विप्लव बने समाजवादी मोर्चाको संयोजक

समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् । आइतबार बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजकमा चयन गरेको हो ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको नेतृत्व सम्हालेका थिए । आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार विप्लव संयोजकमा चयन भएका हुन् । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र जसपा आबद्ध छन् ।

Exit mobile version