अख्तियार : घट्दो छ कसुर स्थापित दर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीहरू अनुसन्धानपछि न्यायिक निरूपणका लागि अदालत पुग्ने गरेका छन् । तर, अख्तियारबाट अदालत पुग्ने उजुरीहरूको कसुर स्थापित दर भने निकै न्यून रहेको छ ।


अख्तियारको स्थापना दिवसका क्रममा गत माघ अन्तिम साता अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले प्रस्तुत गरेको तथ्यांक अनुसार कसुर कायम दर घट्दै गएको हो ।


अख्तियारमा आर्थिक बर्ष २०७५/०७६ मा कुल २४ हजार ८५ उजुरी पर्यो । ६४.४७ प्रतिशत फस्र्यौट भयो, ३ सय ५१ मुद्दा मा ८८.२४ प्रतिशतमा कसुर स्थापित भयो, ८३ मुद्दा पुनरावेदन गरिए ।


अख्तियारका अनुसार, २०७६/०७७ मा २५ हजार १ सय ५२ उजुरी दर्ता भए, ६७.४० प्रतिशत फस्र्यौट भयो, ४ सय ४१ मुद्दा दायर भए, ८४.८ प्रतिशत कसुर स्थापित भयो भने २० वटा मुद्दा पुनरावेदन गरिए ।


आर्थिक बर्ष २०७७/७८ मा २२ हजार ६ सय २५ उजुरी दर्ता भएकोमा ६४.२३ प्रतिशत उजुरको अनुसन्धान टुंगियो । १ सय १४ उजुरी अनुसन्धानपछि मुद्दामा गए कसुर ७१.६८ प्रतिशत कायम भयो ।


आर्थिक बर्ष २०७८/०७९ मा २४ हजार ३ सय ३१ उजुरी परेकोमा ७०.५६ प्रतिशत फस्र्यौट भयो । १ सय ३१ मुद्दामा दर्ता भएकोमा ३८.५१ प्रतिशत मात्रै कसुर कायम भयो । ५७ मुद्दामा अख्तियारले पुनरावेदन गर्यो ।

आर्थिक बर्ष २०७९/०८० मा परेका २८ हजार ६७ उजुरी मध्ये १८ हजार ७ सय ९९ फस्र्यौट भए । १ सय ६२ मुद्दामा गयो भने कसुर स्थापित दर ३३.४३ रह्यो । अख्तियारले उक्त आ.व.मा २ सय ३७ मुद्दा पुनरावेदन गर्यो ।

Exit mobile version