ट्याक्टर दुर्घटनामा ओभरसियरको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका-२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ००२००१त१४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो ।

आइतबार साँझ भएको दुर्घटनामा ट्याक्टरमा सवार सोही निर्माण सेवाका ओभरसियर धनुषाको नारायण नगरपालिका-५ गोमरखोली बस्ने ३२ बर्षीय रामसागर रावतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइतेको उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका-१ बस्ने बिजेन्द्रसिंह नायक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version