पपुवा न्यू गिनीमा गोली हानी ६४ जनाको हत्या

पपुवा न्यू गिनीमा गोली हानी कम्तिमा ६४ जनाको हत्या गरिएको छ । पपुवा न्यू गिनीको सूदूर हाइल्यान्ड्स क्षेत्रमा लुकेर बसेको केही हतियारधारी समूहले गोली हानी उनीहरूको हत्या गरिएको हो ।

बीबीसीका अनुसार पपुवा न्यू गिनीका प्रहरी प्रवक्ताले एङ्गा प्रान्तमा आदिवासी विवादको क्रममा ६४ जनाको गोली हानी हत्या गरिएको बताए । हाइल्यान्ड्स क्षेत्र सुरुदेखि नै हिंसायुक्त क्षेत्र मानिन्छ ।

पपुवा न्यू गिनीमामा जमिन र सम्पत्तिको वितरणको विषयमा जनजातीय सङ्घर्ष हुँदै आएको छ ।

Exit mobile version