नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष चौधरी भएको भन्दै अद्यावधिक गराउन आयोगमा निवेदन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्वाचित भएको विवरण अद्यावधिक गर्न पार्टीले निर्वाचन आयोगलाई निवेदन दिएको छ । पार्टीले माघ २९ गते अध्यक्षमा रेशम चौधरी सर्वसम्मतले चयन भएको भन्दै विवरण अद्यावधिक गर्न आयोगलाई निवेदन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त निवेदन दर्ता पनि भइसकेको छ । यद्यपि उक्त निवेदनमाथि आयोगले कुनै निर्णय लिइसकेको छैन ।  ‘उहाँहरूले राजनीतिक दलसम्बन्धी ऐनअनुसार अध्यक्ष चयन भएको ३० दिनभित्र अध्यावधिक गराउन निवेदन दिनुपर्ने काम पूरा गर्नुभएको छ । हामीले निवेदन दर्ता गरेका छौं,’ उनले भने, ‘तर उक्त निवेदनमाथि आवश्यक निर्णय भइसकेको छैन ।’

उनका अनुसार रेशम चौधरी अध्यक्ष भएकोविरूद्ध दुईवटा उजुरीसमेत परेका छन् । दुवै उजुरी बेनामे भएको र देशभक्त नागरिकहरू भनेर सम्बोधन गरिएको छ ।

Exit mobile version