एमाले केन्द्रीय कमिटीको बैठक आज

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सातौँ केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ ।

१० गतेसम्म चल्ने बैठकका लागि विभिन्न ६ वटा कार्यसूची तय गरिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।

Exit mobile version