सांगठनिक प्रस्तावमा सभापति देउवा र महामन्त्री थापाबीच सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन् ।

सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो । महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए ।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए । यसले देउवालाई समझदारीमा आउन दबाब पुगेको थियो ।

Exit mobile version