लुम्बिनी प्रदेशसभाको अधिवेशन फागुन १८ गतेदेखि सुरु हुने

लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनका पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दोस्रो लुम्बिनीसभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेपछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रदेशसचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरूका लागि जानकारीमूलक सूचना प्रकाशन गरिएको बताए । उनले अधिवेशन आह्वानसम्बन्धी सूचना प्रकाशित गरेर सदस्यहरूलाई जानकारी गराएका छन् ।

Exit mobile version