प्रधानमन्त्री प्रचण्डले फागुन १९ गते लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १९ गते लुम्बिनी प्रदेश भामा सम्बोधन गर्ने भएका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबीच काठमाडौंमा भएको भेट र छलफलपछि प्रधानमन्त्री प्रचण्डले फागुन १९ गतेको लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने तय भएको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।

लुम्बिनीमा फागुन १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान गरिएको छ । आजको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा आगामी फागुन १८ र १९ गते हुन लागेको लरियट्स एन्ड शिखर सम्मेलनको तयारीबारे मुख्यमन्त्रीसँग जिज्ञासा राखेका थिए । भेटमा प्रधानमन्त्रीले सम्मेलनको विषयमा प्रदेश सरकारले गरेको र अहिलेसम्मको तयारीका बारेमा अवगत गराएको मुख्यमन्त्री चौधरीले बताए ।

Exit mobile version