एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज सकिँदै छ । मङ्गलबारबाट सुरु भएको बैठकमा आज समूहगत रुपमा भएका छलफलका सुझावहरु प्रस्तुत गरिने छ ।

बैठकमा प्रस्तुत भएका सुझावहरु समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने प्रचार विभाग प्रमुख गौतमले बताए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको बैठकमा चारवटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए । ती कार्ययोजनाको छलफलमा भाग लिएका नेताहरुले पार्टी शुद्धीकरण अभियान नेतृत्व तहबाटै सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

आगामी वर्ष २०८१ भर पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने तयारी गरेको एमालेले त्यसमा केन्द्रीय कमिटी सदस्यहरुको सुझाव लिन लागेको हो ।

Exit mobile version