सहकारी जोगाउन गृहमन्त्रीलाई ज्ञापन

सहकारी जोगाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न सहकारी संघहरूले प्रदेश गृहमन्त्रालयलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज उपाध्यायका अनुसार, विभिन्न सात बुंदे माग सहितको ज्ञापनपत्र प्रदेश गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई बुझाइएको हो । जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, बहुउद्देश्यीय, कृषि लगायत विषयगत सम्पूर्ण संघहरूको तर्फबाट समस्यामा रहेका सहकारी क्षेत्र जोगाउन ज्ञापन पत्र बुझाइएको थियो ।

Exit mobile version