पसलबाट उत्पादित फोहोर सडकमा फाल्ने एक पसललाई नेपालगन्ज उपमहानगरपालिकाले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । नेपालगन्ज त्रिभुवन चोकस्थित मोडर्न बेकरीलाई नगरले सडकमा जथाभावी फोहोर फालेको भन्दै जरिवाना गरेको हो ।
फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।