एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । दुई सय ८७ मतसहित ढुंगाना अध्यक्षमा निर्वाचित हुदा उनका निकटम प्रतिस्पर्धी डेजी पाण्डेयले दुई सय १८ मत पाए । अध्यक्षका अर्का प्रतिस्पर्धी दुर्गाप्रसाद जोशीले ६३ मत पाएका छन् ।अध्यक्षमा निर्वाचित ढुंगाना एमालेको पूर्वप्रदेश सचिवालय सदस्य हुन् । त्यस्तै पाण्डेय निवर्तमान जिल्ला कार्यसमिति सचिव र जोशी कार्यवाहक अध्यक्ष हुन् ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा तीनै जनाले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही एक सय ९३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी दलबहादुर विष्टले एक सय ८८ पाए । त्यस्तै उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी दुई सय ४३ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत र अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्।
उपसचिव खुलामा ढुंगाना प्यानलकै चुडामणी भट्ट विजयी भए । उनले दुई सय ५१ मत पाए । प्रतिस्पर्धी भुवन रिजालले एक सय २३ मत पाए । उपसचिवकै उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन ।महिला उपसचिवमा गंगाकुमारी चौधरी विजयी भइन । उनले एक सय ९६ मत प्राप्त गरिन । निर्वाचन समितिका अनुसार महिला उपसचिवका उम्मेदवार शान्तीदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका बिष्टले ९० मत पाएकी छन् ।

Exit mobile version