लुम्बिनीका सांसद डिबी केसी फरार

लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) फरार भएका छन् । ३२ वर्ष पहिला रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला गरेपछि उनी फरार थिए । कैद भुक्तानी नगरेका उनलाई प्रहरीले पक्राउका लागि खोजी सुरु गरेपछि उनी फरार भएका हुन् ।

प्रहरीको फरार सूचीमा रहेका उनी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको १(१) निर्वाचन क्षेत्रबाट निर्वाचितसमेत भएका थिए । त्यतिबेलादेखि उनले भुक्तानी गर्न बाँकी सजायका विषयमा चर्चा सुरु भएको थियो । पछिल्लो समय प्रहरी फरार सूचीमा रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत उनलाई पनि पक्राउ गर्न सक्ने संकेत देखिएपछि उनी फरार भएका हुन् । हाल फरार रहेका उनलाई पक्राउ गर्नका लागि प्रहरीले खोजी गरिरहेको छ ।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना गरेको थियो ।  हालसम्म उनले सजाय भुक्तान गरेका छैनन् । उनी राजनीतिमा आउनुपूर्व म्यानपावर व्यवसायी थिए ।

Exit mobile version