स्क्यानर मेसिन प्रयोगविहीन

भारतबाट किनमेल गरेर फर्केका ग्राहकको सामान चेकजाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउन खरिद गरिएको स्क्यानर मेसिन सञ्चालनमा आउन सकेको छैन । खरिद गरिएको उक्त मेसिन बिग्रिएको लामो समय हुँदा पनि मर्मत सम्भार नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

आर्थिक वर्ष २०७५÷०७६ मा उक्त मेसिद खरिद भएको थियो । अहिले उक्त मेसिन प्रयोगविहीन भएन थन्काएको छ । मेसिन प्रयोगमा नआउँदा हातले सरसमान चेकजाँच गर्नुपर्ने बाध्यता छ । उक्त स्क्यानर मेसिनलाई नियमित सञ्चालन गर्न र नयाँ फेस रिडर मेसिन जडान गरी सञ्चालन गरेर एकै ठाउँबाट प्रभावकारी चेकजाँच गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । ‘असुली सजिलो बनाउन नियमवश नबनाइएको’ कतिपयको आरोप छ ।

Exit mobile version