नेपालगन्ज भन्सारको स्क्यानर मेसिन प्रयोगविहीन

भारतबाट किनमेल गरेर फर्केका ग्राहकको सामान चेकजाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउन खरिद गरिएको स्क्यानर मेसिन सञ्चालनमा आउन सकेको छैन । खरिद गरिएको उक्त मेसिन बिग्रिएको लामो समय हुँदा पनि मर्मत सम्भार नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा उक्त मेसिद खरिद भएको थियो । अहिले उक्त मेसिन प्रयोगविहीन भएन थन्काएको छ । मेसिन प्रयोगमा नआउँदा हातले सरसमान चेकजाँच गर्नुपर्ने बाध्यता छ । उक्त स्क्यानर मेसिनलाई नियमित सञ्चालन गर्न र नयाँ फेस रिडर मेसिन जडान गरी सञ्चालन गरेर एकै ठाउँबाट प्रभावकारी चेकजाँच गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ ।

Exit mobile version