माओवादी केन्द्रको स्थायी समिति बस्दै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक मंगलबार बस्दै छ । बैठक आज बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।

आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको हो ।प्रवक्ता सापकोटाका अनुसार आइतबारपार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए ।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ ।

Exit mobile version