धर्मेन्द्र बास्तोलालाई एक वर्ष कैद

सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिङ्गेनजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

फैसलाको पूर्णपाठ आएपछि सरकारी वकिल कार्यालयमार्फत प्रहरीमा विवरणहरु पठाइने जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए । अदालतले गरेको फैसलाको बारेमा प्रहरीमा जानकारी पुगेको छैन । ‘हामी कहाँ फैसलाको बारेमा जानकारी आएको छैन । सबै विवरण आएपछि कानुनबमोजिम प्रक्रिया अघि बढ्छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले भने,‘अदालतबाट फैसला कार्यान्वयनको लागि पत्र प्राप्त भएपछि मात्रै हामी सक्रिय हुन्छौँ ।’

Exit mobile version