माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले जारी छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको बैठक निर्धारित समयभन्दा आधाघन्टा ढिलो मात्रै सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ । यसअघि, आइतवार बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी कमिटीको बैठक तय गरेको थियो । पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार आइतवारपार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए ।

तराई-मधेस अभियान, उत्तर-दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए । माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

Exit mobile version