घाँटी हेरी हाड निलौँ ऋणको जालोबाट बचौँ !

बिनाराम खड्का

लघुवित्त, सहकारी, बैँक, मिटरब्याजी आदिबाट ऋण लिएर ब्याजले बुर्जा चुक्ताराम भएकाहरू अहिले आन्दोलित छन् ।

ऋण गलपासो हो । ऋण लिँदा जति सजिलो छ तिर्न बहुत गाह्रो छ । ब्याजले चुक्ता बनाउछ । मैले पनि पटकपटक ऋण लिएको छुँ । बैंकबाटै आठ प्रतिशतमा लिएको ऋण पछि बैंकले १२ प्रतिशत ब्याज बनायो । गाउँघरमा झन् ब्याजको पनि ब्याज प्याजसम्म खाने चलन छ । सहकारी, लघवित्त, बैंक यी सब नाफामुखी छन् । समयमै ब्याज नबुझाए हर्जाना लाउछन् । ऋणले मान्ठलाई जोगी बनाउन बेर लाउँदैन ।

त्यसैले ऋणबाट जोगिने केही उपायहरू

सामान्य जीवनशैली अपनाउने । धेरै ठूला अपेक्षा नगर्ने । आफूसँग जे जति छ कान्ला, वारी हराबरा बनाउने । केही नहुने भए १/२ वटा सिस्नैका झाङ्ग भए पनि लाउने । एक, दुई दिन बिराएर सिस्नैको तरकारी खाने । भोटे लसुन लाउने भोटे लसुनको नुने पानी खाने । स्वास्थ्यको लागि अति हितकर ।

आफूले खानेजति सकभर आफैँ खेती गर्ने । घरमा ५/७ वटा कुखुरा पाल्ने । अन्डा, मासुको बजारमुखी परनिर्भरता घटाउने । बजारबाट क्यारेटका क्यारेट अन्डा नकिन्ने ।

खर्च धान्न मुश्किल छ भने छोराछोरी सरकारी स्कुलमै पढाउने । कक्षा १२ सम्म निःशुल्क छ । घरमा रोजगारी व्यवसाय वा आम्दानी छैन भने खर्च धान्न नसके उच्च शिक्षा पढ्न पनि अहिले सहर जानु पर्दैन । गाउँमै पढी लोकसेजा, शिक्षकसेवा आदितिर विज्ञापन आइरहेको छ । पहिलेजस्तो २०५२ मा विज्ञापन भई २०६३ मा नतिजा आउने जस्तो शिक्षकसेवा आयोगको परीक्षा प्रणाली अहिले छैन । अहिले छिट्टो रिजल्ट भइरहेको छ । सानोतिनो रोजगारी पाइने प्राविधिक लाइन पढाउने । अमिन, खामी, स्टाप खर्स, कृषि प्राविधिक, ओभरसियर, प्लम्बिङ, सानातिना व्यावसायिक सीप तालिम आदि पढाएर रोजगार तथा स्वरोजगार हुन सकियो । कडा मेहनत भए पढ्न अहिले धेरै खर्च हुदैन । छात्रोवृत्ति आदि हुन्छन ठाउँटाउँ । अवसर प्रशस्त छन् ।

गाउँकै लोकल खाने । बजारको नखाने । महँगामहँगा रक्सी, चुरोट नखाने । होटलमा सकेसम्म नखाने । बजारमा अनावश्यक गफ थुरेर नबस्ने । घरमा कटाङ्गकुटुङ्ग केही न केही श्रम गर्ने । बजारमा अन्तर्राष्ट्रिय राजनीतिका फुस्सा गफ लाउनुभन्दा घरबारीमा माटो खोस्रिएर सागभाजी लाउने ।

स्वस्थ रहने । प्रशस्त पानी पिउने । शारीरिक श्रम गर्ने । खानपान ताजा गर्ने । बाख्रा, भैंसी पाल्ने । शहरमुखी नहुने । गाउँका उत्पादनशील खेतबारी मिल्काएर सहरमा उत्पादनहिन एकटुक्रो घडेरी किन्ने कुमतिमा नलाग्ने ।

उपचार सरकारी अस्पतालमै जर्ने । सरकारी अस्पताल स्तरोन्नति भइरहेका छन् । प्राइभेटमा गएर उपचारको नाममा ह्वारररर पैसो नघोप्ट्याउने ।

आफ्नै गाउँठाउँको सानोतिनो रोजगारी छोडेर अम्रिकाका सपना नदेख्ने । हामी नेपाल देशमै जन्मिसकेपछि अर्को देशको कल्पना किन गर्ने । गाउँमै परिवारसँग बसी सानोतिनो व्यापार, व्यवसाय, रोजगारी, कुटोकोदालो गरी खाने । देशमै बसेर सानोतिनो रोजगारी पाउने गरी समयमै शिक्षा हासिल गर्ने । अर्था ११/१२ पढिसकेपछि ठिप्लोमातिरको अध्ययनको आसपासमा आफूले केकसरी जीवनयापन गर्ने हो । आफ्नो जिन्दगी कसरी चलाउने हो मोटामोटी खाका बनाएर सो अनुसार तयारी गर्ने । आफु फिट हुने लाईनमा डिप्लोमा स्नातकको पढाइलाई केन्द्रित गर्ने ।

Exit mobile version