ओमान पठाउने भन्दै अलपत्र पारिएका दुई नेपाली महिलाको उद्दार

रोजगारीका लागि खाडी मुलुक ओमान पठाउने भनेर नेपालबाट ल्याएर भारतको केरल राज्यको कोची सहरमा अलपत्र पारिएका दुई जना महिलाको उद्दार गरिएको छ । सर्लाहीकी २४ वर्षीया रीता (नाम परिवर्तन) र ललितपुरकी २० वर्षीया नितु(नाम परिवर्तन)लाई दिल्लीस्थित नेपाली दूतावासले किन इन्डियासँग समन्वय गरेर उद्दार गरेको हो ।

दुवै युवतीलाई फरक फरक व्यक्ति (मानव तस्कर)ले ओमनामा घरेलु कामदारका रुपमा काम गर्नुपर्ने र राम्रो आम्दानी हुने आशा देखाएर भारत ल्याएका थिए । अलग–अलग स्थानका दुवैजना पीडितहरुको भेट केरलको कोचीमा भएको थियो । कोची विमानस्थलबाट श्रीलंकाको बाटो हुँदै उनीहरु दुवैजनालाई ओमान पुर्‍याउने प्रयास मानव तस्करको सञ्जालले गरेको थियो । तर, दुई पटक नै विमानस्थल अध्यागमनले उनीहरुलाई फिर्ता गरेको थियो ।

Exit mobile version