गाजामा आगामी सोमवारदेखि युद्धविराम हुन सक्ने

गाजामा आगामी सोमवारदेखि युद्धविराम हुन सक्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले सोमवारसम्म गाजामा इजरायल र हमासबीच युद्धविराम हुन सक्ने आशा रहेको बताएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल र हमासका अधिकारीहरूबीच जारी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जारी वार्ताकोबीच उनको यो वक्तव्य आएको हो । अब हुने युद्धविरामको क्रममा गाजामा राहत सामग्रीको वितरण र गत ७ अक्टुबरमा हमास आक्रमणको क्रममा बन्धक बनाइएका इजरायली नागरिकलाई रिहा गरिने छ ।

पछिल्लो समय पेरिसमा ग्रीसको मध्यस्थतामा वार्ता भइरहेको छ भने कतारमा पनि युद्धविराको विषयमा दुबै पक्षबीच वार्ता जारी छ । दुबै पक्षबीच सहमति भएको खण्डमा युद्धविराम हुँदा हमास नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी पनि रिहा हुन सक्ने आशा जगाएको छ ।

Exit mobile version