रास्वपाको कर्णाली प्रदेश कमिटी विघटन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेश कमिटी विघटन गर्ने निर्णय गरेको छ । गत फागुन ६ गते बसेको सचिवालय बैठकले कर्णालीको प्रदेश कमिटी विघटन गरेर तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो ।

कर्णालीको प्रदेशदेखि जिल्ला हुँदै वडा तहको सम्पूर्ण संरचना विघटन गरिएको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

Exit mobile version