भेरीमा एन्टीरेविज भ्याक्सिन अभाव

सरकारले भ्याक्सिन आपूर्तिमा लापरवाही गरेको छ । जसले गर्दा एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । भेरी अस्पताल नेपालगन्जले सूचना जारी गरेर उपलब्ध नहुँदासम्म एन्टि रेबिज भ्याक्सिन उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ ।
एन्टी रेबिज भ्याक्सिन अभाव भएको पहिलो पटक भने होइन । पटकपटक भ्याक्सिनको आपूर्ति नहुँदा भ्याक्सिन अभाव हुने गरेको हो । यस बर्ष यसअघि पनि एन्टी रेबिज भ्याक्सिनको अभाव भएको थियो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह एन्टी रेबिज भ्याक्सिन सरकारले उपलब्ध गराउने भएकाले अस्पतालमा आपूर्ति नहुँदा भ्याक्सिन उपलब्ध गराउन नसकिने गरेको बताउँछन् ।

भेरी अस्पताल प्रशासनका जारी सूचनामा उल्लेख छ, ‘अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउँदै आइरहेको एन्टी रेबिज भ्याक्सिन हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक आउट (मौज्दात शुन्य) भएको जानकारी प्राप्त भएकोले अस्पतालमा उक्त भ्याक्सिन उपलब्ध नहुँदा सम्म हाल सेवाग्राहीहरूलाई उपलब्ध गराउन नसकिने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीको लागि अनुरोध गरिन्छ ।’

के हो रेबिज, कसरी सर्छ ?

सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हँुदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ ।

Exit mobile version