माओवादी प्रदेश इन्चार्जमा चक्रपाणि र सहइन्चार्जमा कुलप्रसाद

नेकपा (माओवादी केन्द्र) ले लुम्बिनीलगायतका प्रदेश इन्चार्जहरू परिवर्तन गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग-अलग जिम्मेवारी तोक्ने गरी इन्चार्ज हेरफेर गरेको हो।
यसअघि भदौमा चार महिने विशेष रूपान्तरण अभियान सञ्चालन गर्न इन्चार्ज हेरफेर गरेको थियो। लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्ज कुलप्रसाद केसीलाई तोकिएको छ।

Exit mobile version