चीनले मासु निर्यातमा खोज्यो गुणस्तरीयताको सुनिश्चितता

चीनले नेपालबाट निर्यात गर्ने भैँसीको मासुबारे त्यसको गुणस्तरीयता, व्यावसायिकतालगायतका बारेमा जानकारी माग गरेको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग गुणस्तरीयता तथा व्यावसायिकतामा सुनिश्चितता माग गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएका बेला चीनले नेपालबाट तिब्बतका लागि मासु आयात गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार मासु आयात गर्नुअघि नेपालमा मासुको स्वच्छता, व्यवसाय, उत्पादन क्षेत्रलगायतको विषयमा स्पष्ट पार्न पत्र पठाएको छ ।

कृषि मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका अनुसार चीनले व्यावसायिक सुनिश्चितताका लागि राखेका सबै जिज्ञासाको जवाफ विभागले पठाइसकेको छ । विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालबाट मासु आयात गर्ने विषयमा त्यसको स्वच्छता, व्यवसायको अवस्थालगायतका विषयमा चीनले राखेको जिज्ञासाको जवाफ पठाइसकेको बताए ।

Exit mobile version