बरघर प्रणाली बर्दियाका स्थानिय तहहरुमा संस्थागत हुँदै

शम्भु प्रसाद थारु

बर्दिया बढैयाताल गाउपालिका— ४ कन्दरा बस्तीका ५५ बर्षिय फुलाराम थारु २२ औं पटक गाउको मुल बरघरमा चुनिएका छन् ।
२०८० माघको पहिलो साता बसेको गाउलेहरुको भेलाबाट फुलाराम २२ औं पटक बरघरमा निबिरोध निर्बाचित भएका हुन ।

बरघरको रुपमा फुलारामले कन्दराबस्तीको बिकास निर्माण लगायत बिभिन्न सामाजिक कामको नेतृत्व गर्दै आएका छन ।
बरघर थारु जातीको बाहुल्यता भएका गाउ बस्तीहरुमा पुस्तौ देखि चल्दै आएको मौलिक परम्परा हो ।

थारु सुमदायका आफ्नै रिती रिबाज, ज्ञान र सीप र परम्पराहरु छन । थारु गाउको कहा बाट कसरी बनाउने, सिचाइका लागि खोलामा कसरी बाघ बाध्ने , कुलो कसरी बनाउने, कसरी सफा गर्ने , खोला तथा कुलोहरुमा कसरी काठे पुल बनाउने जस्ता परम्परागत ज्ञान सीपहरु छन ।
ती ज्ञान र सीपलाई पहिलो पुस्ताबाट दोस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यमा बडघरहरुले नेतृत्वदायी भुमिका खेल्दै आएका छन ।

बा“के, बर्दिया, कैलाली, कञ्चनपुर लगायत् थारु बहुल्य जिल्लामा बरघर चुन्ने चलन छ । बरघरले बिवाह, मृत्यु संस्कार , गाउमा हुने भैm झगडामा मिलापत्र गर्ने, गाउमा देवी देउताको पुजापाठ गर्ने, नाचगान संरक्षण गर्दै आएका छन ।
बरघरले गाउलेहरुसंग छफफल गरेर आ आफ्नो गाउको नीति नियम बनाउने, गाउमा कुनै समस्या आएमा सम्बन्धित निकायहरु संग समन्बय गरेर समाधानका लागि पहल गर्दै आएको मुल बरघर फुलाराम बताउछन ।

बिगतका बर्षमा बरघर प्रथा प्रणाली पराम्परागत रुपमा मौखिक सहमतीका आधारमा चल्दै आएको थियो । बर्षहरुमा पुरुष मात्रै बरघर चुनिदै आउने थारु बस्तीहरुमा पछिल्ला दिनहरुमा महिला पनि बरघर चुनिन थालेका छन । बरघर चुनिएर महिला पनि गाउको अगुवाको रुपमा प्रभाबकारी रुपमा भुमिका निर्बाह गर्दै आएको थारु पत्रकार तथा अधिकारकर्मी पुष्पा चौधरी बताउछिन ।
थारु बहुल क्षेत्रका स्थानिय सरकारले बरघर प्रणालीलाई कानुनी मान्यता दिदै छुटटै बरघर प्रणाली ऐन र नियमाबली नै जारी गरेर संस्थागत रुपमा अगाडि बढाउन सुरु गरेका छन ।

बर्दियाको मैनापोखरका थारु अगुवा हरिहर थारु भन्छन गाउमा ठेकेदारले बनाउने गाउ बस्तीका बाटो, कुलो र पुल भन्दा बरघरको नेतृत्वमा निर्माण भएका बाटो, कुलो र पुल गुणस्तरिय र टिकाउ हुन्छन । ठेकेदारहरुमा के गर्दा धेरै पैसा बचाउन सकिन्छ भन्ने सोच हुन्छ पैसा बचाउन कै लागि राम्रो संग काम गर्दैनन तर बरघरहरुमा के कसरी बाटो ,कुलो र पुल बनाउदा गुणस्तरिय र बलियो हुन्छ भन्ने परम्परागत ज्ञान र अनुभब हुन्छ । बजेट कम भएको अबस्थामा जनसहभागिता जुटाएर भए पनि गुणस्तरिय र बलियो हुने गरी काम गर्छन ।
ती बिकास निर्माणका काम दिगो हुन धेरै भन्दा धेरै गाउले त्यसबाट लाभाबिन्त हुन भन्ने सोच हुन्छ । ठेकेदार र बरघरले निर्माण गर्ने बिकास निर्माणको संरचनाको दिगो पनमा तुलना नै हुदैन । बरघरले बनाएको दिगो हुन्छ ।

बरघरको ज्ञान ,सीप अनुभब र स्यमसेबीको रुपमा काम गर्ने शैलीलाई संस्थागत गरेर गाउको दिगो बिकास संगै थारु परम्पराको संस्थागत बिकासका लागि बर्दियाको बासगढी नगरपालिकाले २०७८ सालमा बरघर ऐन पारित गरेर राजपत्रमा प्रकाशित ग¥यो । त्यस पछि कार्यबिधि बनाएर बरघर प्रणालीलाई ऐन कार्यान्वयनमा ल्याएको छ ।

नगरपालिकाले थारु बहुल गाउमा बरघर संस्था र अन्य समुदायको गाउमा टोल बिकास संस्था दर्ता गरेर संस्थागत रुपमा मान्यता दिदै आएको छ । बरघर संस्था दर्ता भएको गाउमा बिकासको योजना संचालन गर्दा बरघर संस्थाले सम्झौता गरी योजना कार्यान्वयन गर्न पाउने व्यवस्था गरिएको छ । बासगढी नगरपालिकाका मेयर खडक बहादुर खड्काका अनुसार बरघर संस्थाको रुपमा दर्ता भएको गाउमा कुनै योजना संचालन गर्दा बरघर संस्था संग सम्झौता गरेर कार्यान्वयन गर्न सुरु गरिएको छ । बरघरहरुले बिकास निर्माणका आयोजना जन सहभागिता जुटाउने , त्यसको गुणस्तरको कायम गर्नका लागि अनुगमन गर्ने जस्ता काम गर्दै आएका छन । बरघर संस्थाले गरेको निर्णयलाई नगरपालिकाले मान्याता दिने गरेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका पनि बरघर ऐन कार्यान्वयन हुन थालेको छ । नगरपालिकाले २०८० माघमा कार्यबिधि बनाएर बरघर ऐन कार्यान्वयनमा ल्याएको हो ।

बारबर्दिया नगरपालिकाका मेयर छबिलाल थारुले भन्छन, “हामी बरघर ऐन कार्यान्वयन गरिरहेका छौं । सबै वडामा बरघरहरुसंग समन्वय गरेर काम भैरहेको छ । बिस्तारै बरघर ऐनलाई संस्थागत गर्दै लैजान्छौ ” । बरघरहरु प्रत्येक बर्ष नया चयन हुने भएकाले पनि बरघरको क्षमता बिकास कसरी गर्ने भन्ने चुनौती भए पनि क्षमता बिकास गराउन तालिम संचालन गरेर भए पनि बरघर प्रणालीलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्दै लैजाने योजना रहेको मेयर थारुले बताए ।
ठाकुरबाबा नगरपालिकाले पनि चालु आर्थिक बर्षको साउन मसान्तमा बरघर ऐन कार्यबिधि बनाएर राजपत्रमा प्रकाशित ग¥यो । माघ महिनाको पहिलो साताले बरघर ऐन कार्यबिधि कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाका मेयर तिलकराम लम्सालका अनुसार बरघर ऐन कार्याबिधि कार्यान्वयनमा आएसंगै अहिले नगरपालिकाको वडा कार्यालयहरुबाट बरघरको पहिचानका लागि परिचय पत्र बनाउने दिने काम भैरहेको छ । सबै वडामा बरघर चयन पनि भैरहेका छन् अब केही दिन भित्रमै नगर स्तरिय बरघर संञ्जाल गठन गरेर पुर्ण रुपमा कार्यान्वयन गर्ने तयारी भई रहेको छ ।

गाउको योजना छनोट गर्ने कार्यमा बरघरहरुको प्रमुख भुमिका हुन्छ । टोल सुधार, सरसफाई, बालबिवाह लगायत्का बिषयमा सचेतना पैmलाउने काम बरघरहरुको नेतृत्वमा हुने गरेको छ ।
थारु समुदायको बाहुल्यता भएको बर्दिया कै राजापुर नगरपालिकाले पनि बरघर ऐन कार्यान्वयनमा ल्याएको छ ।
नगरपालिकाले बरघर ऐन कार्यान्वयन गरी टोल बिकास संस्थाको ठाउमा बरघर प्रणाली मार्पmत नै काम गरिरहेको नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले बताइन् । उनले भनिन् ,बरघरहरुले गरेको बिपन्न नागरिक सिफारिसलाई वडा अध्यक्षले मान्यता दिदै आएका छन् । कुलोपानीमा पनि बरघरहरुलाई नगरपालिकाले सहयोग गर्दै आएको छ । गाउघरमा हुने बालबिवाह न्युनिकरणका लागि बाल बिबाह भएका घटनामा केटा केटी उनीहरुको अभिभाबकहरुलाई सम्झाई बुझाई गर्ने कार्यमा पनि बरघरहरुलाई सक्रिय हुने गरेका छन ।

बर्दिया जिल्लाको मधुबन , बढैयाताल , गेरुवा र गुलरियामा भने बरघर ऐन बनाउने र कार्यान्वयन गर्ने प्रक्रिया मै छन । मधुवन नगरपालिकाले बरघर ऐन बनाई सकेको छ । ऐन कार्यान्वयनका लागि कार्यबिधि बनाउने प्रक्रियामामा छ । एक महिना भित्रमा कार्यबिधि बनाएर बरघर ऐन कार्यान्वयनमा ल्याउने गरी काम भई रहेको नगरपालिकाका मेयर तेज बहादुर भाटले बताए ।

बढैयाताल गाउँपालिकाले पनि एक महिना अगाडी गाउसभाबाट बरघर ऐन पारित भइ सकेको छ । तर राजपत्रमा भने प्रकाशित गरेको छैन । बरघर ऐन राजपत्रमा प्रकाशित गर्न गाउँपालिकाले ढिलाई गरिरहेको बरघर संञ्जालका पुर्व अध्यक्ष प्रशुराम थारुले बताए । उनले भने, हामीले बरघर ऐन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याउनका लागि दबाब दिइरहेको छौ ।

यस्तै बर्दियाको गेरुवा गाउँपालिकाले भने बरघर ऐन गाउसाभाबाट पारित गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरि रहेको छ । गाउपालिका अध्यक्ष जमानसिंह केसीका अनुसार गाउसभाबाट बरघर ऐन पारित भइ सकेको छ । राजपत्रमा प्रकाशित गरेर कार्यान्यबन प्रकृया अगाडि बढाइने अध्यक्ष केसीले बताए ।

बर्दियाको सदरमुकाम रहेको गुलारिया नगरपालिका भने बरघर ऐन बनाउने प्रक्रियामा भर्खरै सुरु भएको छ । नगरपालिकाका मेयर मुक्तिनाथ यादवका अनुसार बरघरहरुको पालिका स्तरिय समिति गठन भएको छ । त्यहि समिति संग सहकार्य गरेर चालु आर्थिक बर्ष भित्रै बरघर ऐन पारित गर्ने तयारीमा भई रहेको छ ।

बर्दियाका बिभिन्न पालिकाले बरघर ऐन बनाएर कार्यान्वयन गर्न सुरु गरे संगै थारु समुदायको मौलिक प्रणालीको रुपमा रहेको बरघर प्रणाली संरक्षण हुने पत्रकार तथा थारु संस्कृतिक अनुसन्धानकर्ता एकराज चौरधरीले बताए ।

जिल्लाका सबै पालिकाले बरघर ऐन बनाएर कार्यान्वयनमा ल्याएमा स्थानीय सरकारलाई कामकाज गर्नमा धेरै सहयोग पुग्ने उनको भनाई छ ।

ऐनमा बरघरले गाउको बिकास निर्माणको काममा अगुवाई गर्ने गाउमा बिपदका घटना भएका बेला उद्धार र राहातका लागि समन्बय गर्ने , अन्यायमा परेकालाई गाउमा छलफल गराएर न्याय दिने सार्बजनिक सम्पत्तिको रेखदेख गर्ने, गाउको बिवाद मिलाउदा खारा वा क्षतिपुर्ति भराउन सक्ने जस्ता कानुनी ब्यबस्था गरिएको छ ।

त्यसै गरी गाउको बिकास योजनाको पहिचान गरी निर्माणका लागि पहल गर्ने, गाउमा बर्ष भरी गर्ने पुजापाठ, नाचगान पराम्परा अनुसार संचालन गर्ने , गाउको समाजिक संस्कार अनुसार भोज बिवाह, मृत्यु, चाडपर्वमा सक्रिय सहभागिता निभाउनु पर्ने प्राब्धान राखिएको छ ।

बाँसगढी नगरपालिकाले बरघर ऐन कार्यान्वयनमा ल्याएको करिब एब बर्ष भयो । नगरपालिकाले सबै थारु गाउलाई बरघर संस्थाको रुपमा दर्ता गरी कानुनी मान्याता दिदै आएको छ । नगरपालिका भित्र ४५ वटा थारु गाउछन्, जसमध्ये २४ वटा गाउँ बरघर संस्थाको रुपमा दर्ता भैसकेकेको नगर बरघर संञ्जालका अध्यक्ष जोगीराम चौधरीले बताए । बरघर संस्थाले कानुनी मान्याता पाएसंगै अहिले भोजबिवाहमा हुने बिकृति हटाउन थालिएको छ, भने गाउ सरसफाई र बालबिवाह रोकथामका लागि पनि बरघरहरुले अग्राणी भुमिका निर्वाह गरिरहेको उनले बताए ।

तर बाँसगढी नगरपालिका जस्तै जिल्लाका अन्य पालिकाहरु जसले बरघर ऐन कार्यान्वयनमा ल्याएकाछन् ,ती पालिका बारघरहरु भने बरघर ऐन कार्यान्वयन प्रकृयाबाट सन्तुष्ट देखिदैनन् ।

२०८० माघ महिनाबाट बरघर ऐन कार्यान्वयनमा ल्याएको ठाकुरबाबा नगरपालिकाले बरघरहरुलाई बिकास निर्माणको काममा सहभागी नगराएको गुनासो बरघरहरुको छ । नगर बरघर संञ्जालका सचिव राजु चौधरीले भन्छन — थारु गाउमा हुने बिकास निर्माणको कामको जिम्मेबारी सबै बरघरलाई नै दिनुपर्छ । मापदण्ड अनुसार काम नगरेमा बरघरले काम रोक्न पाउनु पर्छ । त्यसका लागि नगरपालिकालाई दबाब दिइ रहेका छौ ।

बरघर ऐन पास गर्ने जिल्लाको सबै भन्दा पहिलो नगरपालिका बरबार्दियाले पनि ऐन पुर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । नगर बरघर संञ्जालका अध्यक्ष कालीराम थारुले भने, बरघरहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएमा मात्रै बिकासका योजना वा न्याय सम्पादनमा दिगोपन आउने बताए । उनले भने, हामी बरघरहरुलाई स्थानिय सरकारले प्रयोग मात्रै गर्ने होइन, जिम्मेबारी र अधिकार पनि दिनु पर्छ ।

राजापुर नगरपालिकाले पनि बरघर ऐन पुर्ण रुपमा कार्यान्वयनमा ल्याउन नसक्दा बरघरहरुलाई कामकाज गर्न चुनौती छ । नगर बरघर संञ्जालका अध्यक्ष मोतीराम थारु भन्छन बरघरको कार्यकाल एक बर्षको मात्रै हुने भएकाले बरघरको भुमिकालाई थप प्रभाकारी र ब्यबस्थित बनाउन बरघरको कार्यकाल बढाएर ३ बर्ष पुराउनु पर्छ ।

बर्दियाका कतिपय पालिकाकाले बरघर ऐन बनेर कार्यान्वयन हुन थाले पनि अझै पनि बरघर ऐन कार्यान्बयनमा धेरै चुनौती छन ।

बढैयाताल बरघर संञ्जालका पुर्व अध्यक्ष थारु भन्छन बरघर ऐन बनाउन दबाब दिदां दिदै पहिलो कार्यकालका जनप्रतिनिधिहरुको कार्यकाल बित्यो । दोस्रो कार्यकालका जनप्रतिनिधीको पालामा ऐन बनेर कार्यान्वयनको प्रकृया सुरु भएको छ ।

पुर्ण रुपमा कार्यान्वयन हुनका लागि अझै केहि बर्ष लाग्ने देखिएको छ । बनेको छ । अब कार्यान्वयनका लागि छिटो भन्दा छिटो कार्यबिधि बनाएर लागु गरेमा बरघरहरु आप्mनो कामप्रति उत्साहित हुने उनले बताए ।
बरघर प्रमाणी मार्फत थारु बहुल गाउ“हरुमा जनसहभागिता सहितको दिगो बिकास, छिटो छरितो न्याय , समाजिक कार्यमा जनसहभागिता बढाउदै थारु संस्कृति र परम्परालाई कायम गर्दै गाउको बिकास र सम्बृद्धिको यात्रालाई अगाडि बढाउन जरुरी छ ।

Exit mobile version