सात तल्ले घरमा आगलागी हुँदा ४३ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा सात तल्ले घरमा आगलागी हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार गयराति ९: ५० बजे तिर आगलागी भएको हो । स्थानीय प्रहरी अधिकारीहरूले उक्त घरको पहिलो तल्लामा रहेको एक रेस्टुरेन्टमा आगलागी भएको बताएका छन् । आगलागीको क्रममा ७५ जना भवनमा फसेका र तीमध्ये ४२ जना वेहोस भएका थिए । उनीहरूलाई तत्काल अस्पताल पुर्याइएकोमा ३३ जनाको मृत्यु भएको बङ्गलादेशका स्वास्थ्य मन्त्री डा.सामन्त लाल सेनले बताए ।

उनका अनुसार ढाका मेडिकल कलेज हस्पिटलमा ३३ जना र शेख हसिना नेशनल इन्स्टिच्यूट अफ बर्न एन्ड प्लास्टिक सर्जरी हस्पिटलमा भर्ना भएका १० जनाको मृत्यु भएको हो । घाइते २२ जनाको उपचार अहिले भइरहेको पनि उनले बताए ।

आगलागीको कारण भने खुलेको छैन ।

Exit mobile version