ढुवानी व्यवसायी संघमा सिंहको नेतृत्व

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको शनिबार भएको अधिवेशनले १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

संघको अध्यक्षमा अमरजित सिंह, उपाध्यक्षमा विनय कुमार शर्मा, सचिवमा टि.पी. न्यौपाने सहसचिवमा जसपाल सिंह, कोषाध्यक्षमा सुरेश कुमार छलानी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिएका छन् ।

संघको सदस्यहरुमा रामचन्द पन्त, टेकराज बोहरा, शंकर थापा, शेर बहादुर क्षेत्री, अनुप सिंह निर्विरोध निर्वाचित भए ।

Exit mobile version