प्रधानमन्त्री दाहालले मन्त्री हेरफेर गर्दै

सत्ता गठबन्धन दल नेपाली कांग्रेससँगको सकारात्मक छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हेरफेर छिनोफानो आइतबार गर्ने भएका छन् । गठबन्धनको प्रमुख दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग मन्त्री हेरफेर छिनोफानो गर्न आइतबार छलफल गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले देउवाका अडानका कारण अर्थ, उद्योग र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको अडानका कारण भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई फेर्न सकेका छैनन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्तिसहित आधा दर्जन मन्त्रीको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै दोस्रो साता मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका थिए । देउवा र नेपालको अडानका कारण प्रधानमन्त्रीले हेरफेर गर्न सकेका थिएनन् ।

Exit mobile version