घर बहाल उपभोक्ता मञ्च गठन

नेपालगन्जमा घर बहाल उपभोक्ता मञ्च गठन गरिएको छ । शनिबार भएको एक भेलाले सुशिला बिक (श्री) को अध्यक्षतामा नगर स्तरीय घर बहाल उपभोक्ता मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा माधव न्यौपाने, सचिवमा दिपक चन्द, कोषाध्यक्षमा राधा शाह तथा सदस्यहरूमा राधा शाह, प्रजोल सुवेदी, छबि नगरकोटी रहेका छन् । तीन सदस्य पछि थप गरिने मञ्चले जानकारी दिएको छ ।

त्यसअघि घर बहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष राधा गौतमको अध्यक्षतामा भएको भेलाको प्रमुख आतिथ्यता नेपालगन्ज नगर उपप्रमुख कमरुद्दिन राईले गरेका थिए । विशिष्ट अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष तिलक सिंह कार्कीले संस्थाको परिचय र उद्देश्य बारे प्रकाश पारेका थिए ।

कार्यक्रम सञ्चालन मञ्चका महासचिव लक्ष्य बहादुर विकले गरेका थिए ।

Exit mobile version