रास्वपाको सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

उपसभापति डोलप्रसाद अर्यालले बैठक जारी रहेको भन्दै वर्तमान परिस्थितिका विषयमा उपयुक्त निर्णय लिइने बताए । एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको छ । उक्त समझदारीमा रास्वपा पनि सहमत बनेको बताइएको छ ।

Exit mobile version