सरकारमा जाने कि नजाने एकीकृत समाजवादी अन्योलमा

नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ।
नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ।
तर एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन। 
पार्टीले सचिवालय बैठक बोलाएको छ।
महासचिव घनश्याम भूसालले आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।

Exit mobile version