अबको दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहने, त्यसपछि ओली

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधाआधा बाँड्ने सहमति भएको छ ।

कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच यो सहमति भएको हो । पोहोर पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्ष/ साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो ।

तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो । एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्ड सँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

Exit mobile version