बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने बताइएको छ । सँगै पार्टीको भावी रणनीतिको पनि एजेण्डा छ । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेलगत्तै सोमबार सभापति देउवाले पार्टीका पूर्वपदाधिकारी र पदाधिकारी बैठक बोलाएका थिए । त्यसपछि आज कार्यसम्पादन समितिको बैठक बसेको हो । 

Exit mobile version