खजुरा क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा शाह नियुक्त

बाँकेस्थित खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. प्रकाशप्रसाद शाहलाई नियुक्ति गरिएको छ । अस्ती २० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

उनी प्रमुख जनस्वास्थ्य प्रशासक अधिकृत एघारौँ तहका हुन् । मन्त्रिपरिषद्को निर्णयानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार उनलाई उक्त जिम्मेवारी तोकेको छ ।

Exit mobile version