प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कांग्रेसले फिर्ता लिने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । ‘पुष्पकमल दाहाल प्रचण्डलाई गरेको समर्थन र दिएको विश्वासको मत थियो त्यो आजबाट फिर्ता लिने निर्णय गरेका छौं,’ उपसभापति गुरूङले भने । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए ।

Exit mobile version